एमाले अध्यक्ष ओली आज इलाम जानू हुँदै : चुलाचुलीको चुनाबी आमसभालाई सम्बोधन गर्ने

काठमाडौं!  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली जाँदैहुनुहुन्छ । अध्यक्ष ओली अहिले बिहान ११ बजेको जहाजबाट भद्रपुर अवतरण गरेर चुलाचुलीतर्फ जानुहुनेछ ।
बैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले माओवादी गठबन्धनले आज दक्षिण इलामको चुलाचुलीमा आमसभाको आयोजना गरेको छ । चुनाव प्रचारका लागि आज अन्तिम दिन भएकोले आजको आमसभाको विशेष अर्थ रहने इलामेलीहरु बताउछन् । अध्यक्ष ओलीले अस्ती ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनवाीसभालाई सम्बोधन गर्नुभएको थियो ।
गत भदौको २६ गते यस क्षेत्रबाट निर्वाचित साँसद तथा एमालेका उपाध्यक्ष सवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा अहिले एमालेका तर्फबाट सुहाङ नेम्वाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।