एमाले अध्यक्ष ओली सहित भौतिकमन्त्री र रक्षामन्त्री ताप्लेजुङको ओलाङचुङगोलामा

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दुई मन्त्रीहरु सहित ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् ।

सडक र सीमा क्षेत्र अवलोकनका लागि उपप्रधान तथा भौतिक यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरी उप्रेतीलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन् ।

उनी पूर्वी नाका ओलाङचुङगोला अवलोकनका लागि गएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन् ।

अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका रहेको ओलीको सचिवालयले जनाएको छ ।