होलीको शुभकामना दिंदै अध्यक्ष ओलीले भनुभयो : रंगीन पर्व होली, आज र भोलि !

काठमाडौँ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उहाँले होलीको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,’सबैको जीवनमा सबै रंग !! रंगीन पर्व होली, आज र भोलि ! होलीको शुभकामना !!!’

 

होली आइतबार हिमाली र पहाडी क्षेत्रमा मनाइने गरिन्छ। काठमाडौं उपत्यकामा आज बिहानैबाट होली पर्व मनाइंदैछ। पर्व होली, आज देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ ।