अन्तर्राष्ट्रिय महिला दिवस र महाशिवरात्रिको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिवरात्रि पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्चाल आफ्नो फेसबुक पेजमार्फत सबैलाई शुभकामना दिनुभएको हो ।
अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय महिला दिवसमा दिनुभएको शुभकामनामा भन्नुभएको छ–
आमा हुन्,
पोषक हुन्, भरोसा र ममता हुन् । त्यसैले नारी हुन् । 
अन्तर्राष्ट्रिय महिला दिवसको सबैलाई शुभकामना !

त्यसैगरी अध्यक्ष ओलीले महाशिवरात्रिका अवसरमा लेख्नुभएको शुभकामना सन्देशमा सत्यलाई अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष ओलीले सत्यबाट शुरू हुने जीवनको बाटो सुन्दरतम आनन्दमा पुग्ने बताउनुभएको छ ।
अध्यक्ष ओलीले शुभकामनामा लेख्नुभएको छ–
शुभ बिहानी 
सत्यबाट शुरू हुने जीवनको बाटो सुन्दरतम आनन्दमा पुग्छ । सत्य अनुशरण गरौं । 
सत्यं शिवं सुन्दरम् 
महाशिवरात्रिको शुभकामना !