विरेन्द्रको वंशनाश सँगै नेपालमा राजतन्त्र अन्त्य भयो : अध्यक्ष ओली

काठमाडौँ ! पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र  शाहको वंशनाशसँगै नेपालमा राजतन्त्रात्मक शासन ब्यवस्थाको अन्त्य भएको बताउनु भएको छ ।

पू्र्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर आज काठमाडौँमा संचारकर्मीहरुले राखेको जिज्ञाशामा एमाले अध्यक्ष ओलीले २०५८ को दरबार हत्याकाण्डसँगै नेपालमा राजतन्त्र अन्त्य भएको बताउनु भएको हो ।

शनिबार विरगंजमा भएको एक कार्यक्रममा पूर्वराजा शाहले दरवार हत्याकाण्डमा भ्रम फैलाएर आफूहरूलाई आरोपित गरिएको भनेर गुनासो गरेको विषयमा पत्रकारहरुले ओलीको धारणाका माग गरेका थिए ।

जवाफमा ज्ञानेन्द्रको उक्त टिप्पणी प्रति ओलीले दरबार हत्याकाण्ड अघिसम्म राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला नै राजतन्त्र समाप्त भएको र त्यसबेलाको सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको  बताउनु भयो ।

‘ज्ञानेन्द्र शाह राजा होइनन् यसो बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ,त्यस्तै कुशको राजा हुन । दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरेको होइन । यति भन्न सकिन्छ विचरा दीपेन्द्र ! ओलीको टिप्पणी थियो ।