एमाले अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा जाँदै

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा जाने हुनुभएको छ ।
गृहजिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन उहाँ झापा जान लाग्नुभएको हो। उहाँको सचिवालयका अनुसार अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र लगायत झापा-४ का विभिन्न कार्यक्रमा सहभागी जनाउनु हुनेछ।

अध्यक्ष ओलीले आज भद्रपुरमा नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै कमल गाउँपालिका ७ गेउरियामा निर्माणाधिन आयूर्वेदिक औषधालयको निरीक्षणको कार्यक्रम रहेको छ, कमल गाउँपालिका वडा नं २ क्याम्पा स्थित तोपगाछी खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। त्यस्तै उहाँले झापा क्षेत्र नं ४ झिलझिले स्थित वाटर किङडम पार्कको उद्घाटन गर्ने र आज अपरान्ह ४ बजे भद्रपुरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *