प्रधानमन्त्री देउवासँगको भेटपछि अध्यक्ष ओलीको प्रतिक्रिया- कुराकानी राम्रो भयो

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार बालकोट पुग्नु भएको थियो।

भेटपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले कुराकानी राम्रो भएको बताउनु भएको छ। ‘कुराकानी राम्रो भयो’, उहाँले भन्नुभयो।

सभामुख अग्नि सापकोटाको भुमिकाका कारण संसद्‌मा गत भदौदेखि एमालेले अवरोध गर्दै आएको छ। जसका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ। त्यसलाई सहज बनाउन एमाले नेताहरुले प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एकल संवाद्को आवश्यकता औंल्याउँदै आउनु भएको थियो। सोही अनुसार प्रधानमन्त्री देउवाले आज अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *