बालकुमारी घटनामा मृतकको परिवारलाई रोजगारी र राहत दिन अध्यक्ष ओलीको सरकारसँग आग्रह

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाका मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका छन् ।

शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले सरकारले मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ’बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ । छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ । कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ । छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् ।’