संसदले प्रधानमन्त्री परिवर्तन भएको थाहै पाएन : अध्यक्ष ओली

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अवैधानिक तवरले आएको बताउनु भएको छ। एमालेको जिल्ला अधिवेशनहरुलाई भर्चुअल उद्घाटनका साथै सम्बोधन गर्ने क्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो।

“जनतद्रारा अनुमोदित आफ्नो सरकारलाई घात गरि परमादेशबाट वर्तमान अपवित्र तवरले यो सरकार आएको हो”-अध्यक्ष ओलीले भन्नुभयो।
“संसदले सरकार परिवर्तन भएको थाहै पाएन,यस्तो परिदृस्यबाट यो सरकार जन्मेको हो। हामी फेरि जनादेशबाटै जनताको सेवा गर्न आउने छौं । “-उहाँले ठोकुवा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *