एमाले अध्यक्ष ओलीद्वारा उँधौली पर्व, यःमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना व्यक्त

काठमाडौं !  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  तिथि एक–पर्व अनेक भएको बताउनु भएको छ।

उँधौली पर्व,  यःमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा शुभकामना दिदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

‘तिथि एक–पर्व अनेक। पूर्वी नेपालमा उल्लासमय रूपमा मनाइने उँधौली पर्व आजै हो।  काठमाडौँ उपत्यकामा योमरी पुन्ही पनि आजै पर्छ। देशका विभिन्न भागमा विभिन्न कुल वंशको कुलपूजा गर्ने धान्य पूर्णिमा पनि आजै’, अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ। ,’हाम्रो विविधता, हाम्रो पूँजी। उँधौली पर्व, योमरी पुन्ही र धान्य पूर्णिमाको शुभकामना।’-उहाँको शुभकामना सन्देशमा लेखिएको छ।

नेवार समुदायको यःमरी पुन्हि, किराँत समुदायको चाड उँधौली, ज्यापु दिवस र धान्य पूर्णिमा आज एकैदिन परेको छ।