एमाले अध्यक्ष ओली धनगढीमा : आज बैतडी जानू हुँदै

धनगढी ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली हिजो साँझ धनगढी आईपुग्नु भएको छ । नेकपा एमालेको आयोजनामा हुन लागेको समृद्धिका लागि सङ्कल्प यात्रा २०८० को उद्घाटनका लागि उहाँ हिजै धनगढी आउनु  भएको हो।

एमालेले बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रा अभियान भोलि १४ गतेबाट सुरु गर्दैछ । अध्यक्ष ओलीले १४ गते बिहान बैतडीको झुलाघाटबाट उक्त अभियानको उद्घाटन गर्नु हुनेछ।

अध्यक्ष ओली स्थलमार्गबाटै आज धनगढीबाट बैतडी जानुहुनेछ। उहाँसगै पत्नी राधिका शाक्य,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष बिष्णु पौडेल लगायतका नेताहरु हिजो आउनु भएको थियो। आज भने महासचिव शंकर पोखरेल लगायतका नेताहरु धनगढी आउँदै हुनुहुन्छ।