एमाले अध्यक्ष ओली आज धनगढी आउनु हुँदै

धनगढी ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज साँझ धनगढी आउँदै हुनुहुन्छ। नेकपा एमालेको आयोजनामा हुन लागेको समृद्धिका लागि सङ्कल्प यात्रा २०८० को उद्घाटनका लागि आजै उहाँ धनगढी आउन लाग्नु भएको हो।

एमालेले बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रा अभियान पर्सि १४ गतेबाट सुरु गर्दैछ । अध्यक्ष ओलीले १४ गते बिहान बैतडीको झुलाघाटबाट उक्त अभियानको उद्घाटन गर्नु हुनेछ।