देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन एमालेको सरकार अपरिहार्यः अध्यक्ष ओली

पर्सा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार अपरिहार्य भएको बताउनुभएृको छ ।
नेकपा (एमाले) पर्साद्वारा मंगलबार पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले एमाले र आफूले नेतृत्व गरेको सरकारका समयमा भएको विकास र अहिले पनि एमालेका जनप्रतिनिधिहरूले नेतृत्व गरेको स्थानीय तहहरूको विकास हेर्दा नेकपा (एमाले)ले मात्र देशको विकास गर्ने कुरा पुष्टि भएको बताउनुभयो ।