भुकम्पग्रस्त क्षेत्रमा उद्दार र उपचारमा जुट्न एमाले अध्यक्ष ओलीको आव्हान

काठमाडौं ! नेकपा (एमाले) का  अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्यरातमा गएको भुकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा उद्दारमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

मध्यरातमा आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन नसकेकाले त्यसमा जुट्न अपिल गर्नु भएको हो । आफूले टेलिफोनबाट भुकम्प क्षेत्रको जानकारी लिएको उल्लेख गर्दै उहाँले धेरै स्वास्थ्यकर्मी खटाउन आग्रह समेत गर्नुभयो। यस्तो छ अध्यक्ष ओलीले सामाजिक संजालमा लेख्नु भएको स्टाटस:-

‘यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ।  सबै साथीहरु उद्दारमा खटौँ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो।’