एमाले अध्यक्ष ओली आज गृहजिल्ला जानू हुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अढाइ दशक देखि वडा दशैं लगायत चाडपर्वको शुभकामना कार्यक्रम आयोजनालाई निरन्तरता दिइरहनु भएको छ । सोही अनुसारका आज पनि झापाको विर्तामोडमा दशैं,तिहार,छठ,नेपाल सम्वत् लगायतका पर्वहरुको शुभकामना कार्यक्रमको आयोजना गर्नुभएको छ ।

एमाले जिल्ला कमिटीका सचिव शिव ढुंगेलका अनुसार दिउसो १२.३० बजे देखि विर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा कार्यक्रम हुने भएको हो ।
अध्यक्ष ओली काठमाडौंबाट विहान १०.१० बजे भद्रपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।