आफ्नो दुई तिहाइको पार्टी भत्काएर एउटा चोइटो लिई हिड्नु समाजवाद हैन : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई तिहाईको पार्टी भत्काइ एउटा चोइटो लिएर हिड्नु समाजवाद हैन भनि प्रतिक्रिया दिनु भएको छ।

अङ्ग्रेजी नयाँ बर्ष २०२२ को उपलक्ष्यमा पार्टिको प्रवास कमिटी प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीद्रारा आयोजित जुम शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उहाँले आज साझ यस्तो बताउनु भएको हो। अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै उक्त प्रतिक्रिया दिनु भएको हो।
“तपाईहरुले देखिरहनु भएको छ यतिबेला माओवादी केन्द्रको महाधिवेशन चलिरहेको छ,अध्यक्ष प्रचण्ड आफ्नै दुई तिहाईको सरकार भत्काएर एउटा चोइटो लिइ समाजवाद ल्याउछु भन्दै महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गरेर हिडिरहेका छन। रास्ट्रीय स्वाभिमानलाई छोडेर आफ्नो निजि स्वार्थमा हिड्ने यस्ता खालका क्रियाकलापलाई अग्रगमन र सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानलाई प्रतिगमन भन्दै हिडिरहेका छन,यो असाध्यै लाज लाग्दो कुरा हो।” उहाँले भन्नुभयो।

नेकपाबाट चोइटिएको प्रचण्ड गुट र एमालेबाट चोइटिएको माधव गुटको काम देश बनाउने पार्टी एमालेलाई अप्ठ्यारोमा पार्नु हो,सुखी नेपाली समृद्ध नेपालको अभियानलाई अप्ठ्यारोमा पार्नु हो भन्दै प्रवासमा बस्ने सबै सचेत नागरिकले यसलाई बुझ्न र खबरदारी गर्न आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो-“तपाईं प्रवासी आम दाजुभाइ तथा दिदीबहिनीहरुले देश बनाउने अभियानमा साथ दिनु भएको छ,तपाईहरु देश बाहिर रहेपनि देशको अवस्थाबारे सहि विश्लेषण गर्नु भएको छ,एउटा सचेत नागरिकको तर्फबाट सहयोग गर्ने तपाईहरुको साथलाई धन्यवाद भन्न चाहन्छु र नेकपा एमाले तपाईहरुको यस्ता बिचारहरुलाई सधै सम्मान गर्दछ।”उहाँले भन्नुभयो।

प्रतिक्रियावादीहरुले जालझेल गरेर एमालेको सरकारलाई हटाएपनि आगामी निर्वाचनमा एमालेलाई कसैले रोक्न नसक्ने स्पष्ट पार्नु भयो।

रास्ट्रीय सभाको आगामी निर्वाचनप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो-“आउने रास्ट्रीय सभाको चुनाबमा सबै प्रतिक्रियावादीहरु एमाले विरुद्ध लाग्नेछन र एमालेलाई पराजित गयौ भनि स्याल हुइया मच्चाउनेछन तर यो आजको जनमत हैन,एमालेको मत लिइ चोइटिएर गएका समुहहरु एवं बिग्रीएका तत्वहरु मिलेर एमालेलाई हराउनेछन।आगामी रास्ट्रीय सभाको चुनाबमा हामी हारिन्छ किनकी यो मत बाडिएको छ। हामीसग भएको ५२ प्रतिशत मत केही चोइटिएको छ त्यसैले हामीबाट अलग भएको प्रचण्ड,माधव गुटले एमालेलाई दिने अन्तिम धक्का यहि हो।” उहाँले स्पस्ट पार्नुभयो।

उक्त कार्यक्रममा पार्टी प्रवास इन्चार्ज एवं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा मंचका अध्यक्ष भक्त गुरुङ(बेलायत) लगायत सचिव रमेश पाण्डे(अस्ट्रेलिया) ले पनि शुभकामना मन्तव्यका साथै देशमा विकसित राजनैतिक परिस्थितिबारे चासो राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *