उपभोक्ताको हित संरक्षणका दृष्टिले वर्तमान सरकार गैरजिम्मेवार छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुखरूपमा सरकारको भए पनि वर्तमान सरकार उपभोक्ताप्रति गैरजिम्मेवार रहेको वताउनुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागद्वारा आइतबार  पार्टी कार्यालय, च्यासलमा आयोजित ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले नेकपा (एमाले) प्रतिपक्षमा हुँदा पनि उपभोक्ताप्रतिको आफ्नो कर्तव्य पूरा गर्ने वताउनुभयो ।
जनताले कुशासन भोग्न नपरोस्, शान्ति सुरक्षा पाउन्, जनताका सबैखालका अधिकार सुरक्षित हुनुपर्छ भनेरै  आफू राजनीतिमा लागेको स्पष्ट गर्दै अध्यक्ष ओलीले जनताको सम्मानित, सुखी जीवनका लागि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई गन्तव्य बनाएर अगाडि बढेको वताउनुभयो ।
उहाँले मानव जाति नै उपभोक्ता भएको र आर्थिक रूपमा कमजोर उपभोक्ता मूल्यबृद्धि हुँदा बढी मर्कामा पर्ने वताउँदै कमजोरलाई माथि उठाउन गरिबी निवारण पहिलो प्राथमिकताको विषय हुनुपर्ने धारणा राख्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *