दिवंगत नेम्वाङबारे अध्यक्ष ओली लेख्नुहुन्छ : उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ। आज सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष ओलीले नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभए हितैषी मित्र र सुख दुःखको साथीसमेत भएको बताउनु भएको छ।

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले र्‍याएको योगदान सधैं सम्झिरहने उहाँको भनाइ छ । अध्यक्ष ओलीले देख्नु भएको स्टाटस यस्तो छ – ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो।  लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैं सम्झिरहने छौं,’ ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *