विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको बहुमतको सरकार आवश्यक : अध्यक्ष ओली

बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको एकल बहुमतको सरकार बनाउनु आवश्यक रहेकाले पार्टीलाई सशक्त रूपमा अघि बढाइने बताउनुभएको छ ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उदघाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को आम निर्वाचनबाट एमाले एक्लैको बहुमतको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । एमाले साना कुरामा अल्झिएर बाटो विराउने पार्टी होइन, आफ्नो उद्देश्यमा स्पष्ट योजना बनाएर अघि बढ्छ भन्दै अध्यक्ष ओलीले भन्नुभयो– आगामी निर्वाचन २०८४ पछि एमालेले एक्लै बहुमतको सरकार बनाएर जनताको आकाङ्क्षा पूरा गर्ने दिशामा अगाडि बढ्ने छ ।

उहाँले मिसन २०८४ अन्तर्गत अबको अभियान घर–घरमा पार्टी सदस्य बनाउने र संगठन बिस्तार गर्ने हुनेछ भन्नुभयो । अध्यक्ष ओलीले देश बनाउने महान उद्देश्य बोकेको पार्टी एमालेबाट विगतमा बाटो बिराएर अन्यत्र गएकाहरूलाई मूल घरमा फर्कन आग्रह गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *