नागरिकले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबार पुर्‍याउँछन् : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ । देशभरि एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

दमक नगरपालिका ३ मा निर्माणाधीन दमक भ्यु–टावरको अवलोकनपछि आज आइतवार आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर नागरिकले फेरि तीनै तहको चुनावमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताउनुभयो । ‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उहाँले भन्नुभयो, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।’

गृह प्रदेशको ३ दिने भ्रमणमा रहनु भएका अध्यक्ष ओली आज र भोलि गृह जिल्लाको भ्रमण अनुगमनमा रहनु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *