माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली उपस्थित हुन नसक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन नसक्ने जनाउनु भएको छ । अध्यक्ष ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनु भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गर्नु भएको थियो  तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताउनु भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *