उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍योः अध्यक्ष ओली

काठमाडौँ ! एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्योगी बैंकका आसामी मात्रै नभएकाले बैंकहरू साहुजीजस्तो नभई उद्योगीको सहयोगी हुनुपर्ने बताएका छन्।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक कार्यक्रम’मा अध्यक्ष ओलीले नेपालका बैंकले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताए।

उनले बैंक र उद्योगीबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए। उनले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताए। उनले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरूको लागि असहयोगी भएको दाबी उल्लेख गरे। उनले उद्योग बन्द हुँदा व्यवसायी अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताए।

अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

उनले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीले बैंकको कारोबार चलाइदिएको बताए।

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए।

उनले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताए। उनले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताए। सरकारले अरु अनेक आइटममा समेत चोरी–पैठारी भइरहेको बताए। उनले सुन कुबाटोबाट धेरै बगिरहेको बताए।

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानीकर्ताको खोजी हुन नसकेको बताए। उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताए।

उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताए। उनले प्रधानमन्त्रीले सुन तस्करी लुकाउन ६० दिनको समय माग गरेको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *