यहि परिस्थिति रहे चुनावसम्मै संसद अवरोध हुन्छ : अध्यक्ष ओली

काठमाडौ ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ।’

उहाँले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने बताउनु भयो। ‘आफूहरूले पार्टीबाट ‘निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि जाँदैनौं। संसदमा सहभागी भए अवरोध पनि जारी रहन्छ,’ उहाँले स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *