सरकारी संयन्त्रको संलग्नता विना सुन तस्करी सम्भव छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्ने वताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सरकारी संयन्त्रको संलग्नता विना सुन तस्करी सम्भव नभएको वताउनुभयो ।
सरकारको कुन तहसम्मको संलग्नता छ भन्ने कुरा छानविनबाट देखिने वताउँदै उहाँले सुन तस्करी प्रकरणको छानविन गर्ने कुराबाट सरकार तर्सिएको वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– सुन तस्करी प्रकरणमा सरकारको संलग्नता छैन भने छानविनले नै देखाइहाल्छ तर सरकार किन तर्सिरहेको छ ?
पछिल्लो समय भन्सारबाट सुनै–सुन भित्रिइरहेको वताउँदै उहाँले भन्नुभयो– जे छोयो त्यही सुन !  ब्रेक–सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, अर्को सामान ल्यायो सुन, कस्तो अचम्म ! भन्सारबाट जे ल्याउँदा पनि सुन !
छानविन समिति गठन गरी अगाडि बढ्नुको सट्टा छानविन गर्नुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ भनी आवाज उठाउनेलाई सरकारले धम्क्याउने, तर्साउने र बोली बन्द गराउने दुष्प्रयास गरेकाले पनि सरकारको संलग्नता पुष्टि गर्ने अध्यक्ष ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *