एमाले अध्यक्ष ओली भोलि गृहप्रदेश जाँदै, गृहप्रदेशमा ३ दिन रहि विभिन्न कार्यक्रममा सरिक हुने

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि १० गते गृहप्रदेश जाँदै हुनुहुन्छ। भोलि देखि लगातार ३ दिनका लागि उहाँ गृहजिल्ला लगायत अरु जिल्लाहरुमा रहनु हुने जनाइएको छ।

अध्यक्ष ओलीले गृहप्रदेशमा रहदा विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुने जनाइएको छ। अनेरास्ववियुको सचिवालय बैठकमा उपस्थिति,विभिन्न विकाश निर्माणहरुको निरिक्षण,प्रदेशका नेता कार्यकर्तासँगको भेटघाट,निर्वाचन क्षेत्रमा भेटघाट लगायतका थुप्रै कार्यक्रमहरु रहेको उहाँको सचिवालयले जनाएको छ।

अध्यक्ष ओली दसौं महाधिवेशनपछि उपत्यका बाहिरको देश दौडाहामा हुनुहुन्छ।यस अघि विभिन्न कार्यक्रममा उपस्थिति जनाएर उल्लेख्य जनताको एमालेप्रतिको मोह देखेर उहाँ उत्साही बन्नुभएको छ। गठबन्धन दलहरुले एमाले कमजोर भयो भन्ने आकलन गरिरहेका बेला सभाहरुमा एमालेप्रतिको जनताको उल्लेख्य उपस्थिति र मायाले त्यो भ्रम तोडिएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *