प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयो : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको बताउनु भएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुंगो लगाउन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अहिलेका प्रधानमन्त्री भारत जानु भयो के-के सम्झौता गर्नुहुन्छ केही बताउँनु हुन्न जे गर्नुपर्ने त्यो केही पनि काम गर्नुभएन । हाम्रो भूगोलको बारेमा सीमाको बारेमा जो भारतले विभाजित बनाउँन खोजेको छ । त्यस सम्बन्धमा टुंगो लागेन यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाइयो सत्ता स्वार्थ प्रदान भयो राष्ट्रिय स्वार्थ प्रदान भएन ।’

अध्यक्ष ओलीले विभिन्न सन्धि सम्झैताको अध्ययन गरेर भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ बनाउनको लागि ईपीजी गठन गरे ता पनि त्यस विषयमा प्रधानमन्त्रीले कुरा नउठाएको उहाँले जिकिर गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *