मेरो साथ र हातले माओवादी यहाँ पुग्यो तर प्रचण्डले बुझेनन् : अध्यक्ष ओली

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताउनु भएको च्ब । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित बृहत् सभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

बृहत् सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्।’ वर्तमान सरकार जनताले चाहेको सरकार नभएको स्पष्ट पार्नुभयो । जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गर्नुभयो।

उहाँले गठबन्धन जनताको पीर-मर्का सुन्न र विकासका लागि नभएको दाबी जिकिर गर्नुभयो। आज आयोजित विशाल जनसभामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्व पार्टी प्रवेश गर्नुहुने हजारौँ नेता–कार्यकर्तालाई स्वागत उनले स्वागत गर्नुभएको थियो। लगभग १० हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *