सुनकाण्डमा विपक्षीले आवाज उठाउँछन भनेर सरकार आफैंले संसद चल्न दिएन : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको बताउनु भएको छ। पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको उहाँको भनाई छ।
तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा अाज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको बताउनु भयो।

उहाँले भन्नु भयो, ‘उहाँहरु संसदमा आवाज उठछ भनेर संसद चल्न दिनुभएन। किनभने सांसद बोल्छन भनेर। हामीले संसद चलाऊ भनेका छौं। सांसदहरु बोल्नु हुन्छ। आवाजहरु उठाउनु हुन्छ। जनताको भनाई भन्नुहुन्छ। सांसदले बोल्न पाउनुपर्यो। सरकार सांसदलाई बोल्न दिँदैन।’

गृहमन्त्रीलाई मात्रै बोल्न दिने सहमति गरेर बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको छ अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *