गठबन्धनको सरकार निकम्मा रहेको अध्यक्ष ओलीको दाबी

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताउनु भएको छ । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताउनु भयो।

‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीको दावी छ । उहाँले त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नयाँ जनादेशको कुरा गर्ने गरेको बताउनु भयो।
गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै उहाँले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप पनि लगाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *