एमाले अध्यक्ष निवास बालकोटमा कलाकारको जमघटले सांगीतिक माहौल

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा बिहीवार बेलुका कलाकारको जमघट भएको छ ।

अध्यक्ष ओलीले शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी घरमा आउँदा सांगीतिक माहौल बनेको सामाजिक संजाल मार्फत जानकारी दिनुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘घरमा हिजो बेलुका संयोगवश सांगीतिक माहौल बन्यो । शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनुभएको थियो । शास्त्रीय संगीतका साधकहरूले सुनाउनुभएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *