एमाले अध्यक्ष ओली आज कम्बोडिया प्रस्थान गर्नुहुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ कम्बोडिया प्रस्थान गर्दै हुनुहुन्छ। अध्यक्ष ओली आज सांझ ११ बजेको उडानमार्फत कम्बोडिया प्रस्थान गर्दै हुनुहुन्छ ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो । आगामी साउन ८ गते उहाँ स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य,पार्टीको उपमहासचिव विष्णु रिमाल,स्वकीय सचिव राजेश बज्राचार्य,सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया जाने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *