पूर्व–पश्चिम रेलमार्गको काम तीव्ररुपमा अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व–पश्चिम रेलमार्गको काम तीव्र गतिमा अगाडि बढाउनु पर्ने बताउनु भएको छ।

आइतवार भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलोपटक महोत्तरीमा रेल आएपछि सामाजिक सञ्जालमा पुरानो आफ्नो फोटो शेयर गर्दै उहाँले यस्तो बताउनु भएको हो।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओली आफू प्रधानमन्त्री हुनुभएको समयमा नेपालमा भारतको जयनगरदेखि जनकपुरधाम, कुर्थासम्म रेल संचालन भएको थियो। उहाँले देशमा रेल चलाउन सम्भव छ भनि रेल्वे विभाग कार्यालय खडा गरि काम गर्न निर्देशन दिनु भएको थियो। फलस्वरूप हाल रेल सेवा विस्तारमा नेपालले फड्को मार्दै गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *