प्रधानमन्त्री दाहालकी पत्नीको निधनप्रति एमाले अध्यक्ष ओलीले गर्नुभयो दु:ख व्यक्त

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ।

आज बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले यस्तो लेख्नु भएको छ – ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु। दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *