नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिंदैन : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताउनु भएको छ ।
‘यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो।

कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिँचाइका योजना सुरू हुन लागिरहेकोले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताउनु भयो।
‘कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ,’अध्यक्ष ओलीले भन्नुभयो।
ओलीले कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ काम अघि बढाइने र हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताउनु भयो।

आजको यस आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका पुर्व सांसद सहित करिब ६ हजार बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्नेमा जसपा पुर्व सांसद सहित माओवादीका जनप्रतिनिधिहरु पनि रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *