एमाले सरकार गिराउने र बनाउने खेलमा छैन : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले सरकारमा जाने कुनै मनसायमा नरहेको उल्लेख गर्नु भएको छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा चलिरहेको बेला अध्यक्ष ओलीले तत्काल सरकारमा जाने सोच नरहेको प्रस्ट्याउनु भएको हो। मंगलवार केन्द्रीय कार्यालय च्यासलमा जारी बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उहाँले आफूहरू सरकार बनाउने/गिराउने कुनै पनि खेलमा सहभागी नहुने उल्लेख गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *