शिर्ष नेताबीचको बैठकबारे अध्यक्ष ओलीको प्रतिक्रिया : ‘पछि हेर्नू’

काठमाडौं !  संसद्‌मा जारी अवरोध खुलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल सकिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकबाट देउवा र ओली बाहिरिनु भएको छ । सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकाहरुले अध्यक्ष ओलीलाई सहमति जुटेको र संसद् बैठक खुल्नेबारे जिज्ञासा राखेका थिए। अध्यक्ष ओलीले  संक्षिप्तमा ‘पछि हेर्नू’ भन्ने प्रतिक्रिया दिएर निस्किनु भएको छ।

यसैबीच, आइतबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक प्रधानमन्त्री दाहालको आग्रहमा दुई घण्टा पछि सरेको छ। उक्त बैठक चल्ने वा नचल्नेबारे अझै अन्यौल कायम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *