त्यसकारण कमरेड केपी ओलीसँग तपाईंहरुको तुलना हुन सक्दैन

भगवती न्यौपाने

– कमरेड केपी ओली एउटै विषयमा पटकपटक दृष्टिकोण बदल्ने ,आफ्नो स्वार्थलाई केन्द्रभागमा राखेर रंग बदलिरहने अस्थिर नेता होईन । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने , देश र जनताको हितमा चट्टानी अडान लिन सक्ने नेता हो त्यसकारण फरक हुनुहुन्छ ।
– कमरेड केपी ओली कर्कश आवाज भएको श्रोतालाइ इरिटेड बनाउने गरि बोल्ने ,इर्श्याले जल्ने , डाहले छट्पटीने र मस्तिष्कमा इगो भरिएको नेता होईन । हरेक विषयलाइ रोचक ढंगले व्यक्त गर्न सक्ने कलात्मक शैलीमा पोख्त , भाषिक ज्ञानमा उत्कृष्ट क्षमता भएको नेता हो त्यसकारण वहाँ फरक हो ।
– केपी ओली राजकीय भुमिकामा रहँदा जनताले बोझ ठानेको नेता होईन , जनताले प्रिय मानेको नेता हो । त्यसकारण फरक हो ।
समग्रमा केपी ओली भिजिनरी , दर्हो इच्छाशक्ति ,अदम्य साहस र उच्च मनोबल भएको नेता हो ।
तपाईंहरुको अपराधपुर्ण क्रियालाइ प्रतिक्रिया दिएर परास्त गर्न नसकेको भए सायद आज कमरेड केपी ओली नेपाली राजनीतिको सबैभन्दा प्रभावशाली नेता हुनुहुँदैनथ्यो ।
साना नानी बाबु टिकटक बनाउँदै किन प्रशंसा गर्दछन ? युवाहरु आफ्नो उज्ज्वल भविष्य निर्माण गर्ने नेता किन मान्छन र पछ्याउँछन ? पार्टीका कार्यकर्ताहरु किन स्वप्नद्रष्ट नेता मान्छन र साथ दिन्छन ? नेपाली जनता किन समृद्ध देश निर्माणका नायक मान्छन र प्रिय ठान्छन ?
यी सबै प्रश्नको जवाफ वहाँले व्यवहारबाट दिईसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *