प्रधानमन्त्रीले देशका लागि अरु केही गरेनन्,भारतबाट १५ वटा राँगामात्रै ल्याए : अध्यक्ष ओली

काठमाडौं ! प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको उल्लेख गर्नु भएको छ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले देशकै बेज्जत गरेको बताउनु भयो। उहाँले बोल्दै प्रधानमन्त्री दाहालले अरु केही गर्न नसकेको अनि भारतबाट ल्याउने र देखाउन चिज नै नभएको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले साँच्चै ल्याएको १५ वटा राँगा हुन् । चढेर ल्याएर पनि डोहोर्‍याएर ल्याए पनि,उहाँले थप्नुभयो ‘अरु केही छैन । तर अरु ल्याएको भए प्रमाणित गर्नुपर्छ ? तर भन्न र देखाउनलाई केही छैन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारतको भुमिमा गएर आफ्नो भुमी सट्टापट्टा गर्ने अभिव्यक्ति दिएर राष्ट्रकै बेइज्जत गरेको उल्लेख गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *