बजेटले संकत दर्शाउछ तर संकटको समाधान केही पनि दिँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् ।

सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शा पनि समाधान नदिने बताएका हुन् ।

उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए । उनले भने,‘बजेटले संकत दर्शाउछ तर संकटको समाधान केही पनि दिँदैन।’ उनले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *