माओवादीका सांसदको अभिव्यक्तिको पुष्टि हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाई भ्रष्टाचार गरेछन् भनी माओवादी केन्द्रका सांसदले बोलेको कुराको पुष्टि हुनुपर्ने वताउनुभएको छ ।
अध्यक्ष ओलीले संसदजस्तो गरिमामय ठाउँमा जड्याहाले पनि नबोल्ने खालको आधारहीन, असत्य र जनतामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति माओवादी सांसदले दिएको वताउनुभयो ।
पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित दुई दिने अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जस्ले जिन्दगीभर भ्रष्टाचार विरोधी अभियान चलायो, उसैलाई भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– कोभिडको समयमा दुई खर्ब रुपियाँ भ्रष्टाचार गरे, पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाए भन्ने ?  हाम्रा विरूद्ध जे बोले पनि हुने ?
अध्यक्ष ओली प्रधानमन्त्री रहेको समयमा पशुपतिमा सुनको जलहरी जडान गरिएको थियो । अध्यक्ष ओलीले आफ्नो काम रकम उपलब्ध गराउने भएको वताउनुभयो । उहाँले एमाले विरुद्ध संसद्मा आधारहीन, असत्य  र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले आज संसद् अवरुद्ध गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *