मन्दीलाई ब्रेक लगाउन सकिएन भने देशमा भोकमरी लाग्छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले डेढ/दुई वर्षमा मुलुकको मन्दीतर्फको खस्काइलाई ब्रेक लगाउन सकिएन भने देश बर्बादीतर्फ जाने बताएका छन् । नेपाल बिजनेश समिट २०२३ लाई आइतबार साँझ सम्बोधन गर्दै उनले यदी त्यस्तो भयो भने देश सम्हाल्नै नसकिने अबस्थामा पुग्ने र भोकमरीमा जाने दावी पनि गरे।

अध्यक्ष ओलीले देशको अर्थतन्त्रलाई बचाउन सरकारी, निजी तथा सहकारीलगायतका क्षेत्र मिसिएर संयुक्त इन्टायर फोर्स लाग्नुपर्नेमा जोड दिए । अहिले अर्थतन्त्र खस्कनुमा जनता वा व्यवसायीको दोष नदेखिने उल्लेख गर्दै उनले भने, ‘पोलिसी मेकिंगमा दोष छ, व्यवस्थापन र कन्डक्टमा दोष छ ।’

यो दुई वर्षमा देश जसरी गयो धेरै दु:खको कुरा भएको बताउँदै उनले यसको समाधान भने रहेको पनि औँल्याए । उनले अब समस्या छन् भनेर होइन समाधान प्रस्तुत गरेर जानुपर्छ, सम्भावनाहरु रहेका छन्, चुनौतीलाई क्रस गरेर सम्भावनाहरुमा परिणात गर्नुपर्ने बताए ।

‘तरलताको अभावमा व्यवसायीले लोन पाउन सकिराख्नुभएको छैन, १० वर्षका लागि लोन दियो भने दुई महिनामा फिर्ता गर भन्छु, ओलीले थपे, ‘धानको बीउ लगेर धान फलिसक्यो पाकेपछि बीउ ले भन्छ, छरिसकेको बीउ कहाँबाट ल्याउने ? बैंकले दिएको ऋण तपाइँले कहाँबाट फिर्ता ल्याउनु, कुरा तपाइँहरु भोगिरहनुभएको छ, अर्थतन्त्रलाई नविग्रियोस् भन्ने तपाइँहरुको चाहना छ, फेरि पनि विग्रिरहेको छ किन ?’

उनले राजस्व संकलन र परिचालन निराशाजनक रहेको पनि बताए । आफ्नो नेतृत्वको सरकारका बेला मुलुक समृद्धितर्फ अघि बढेको पनि उनले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *