बुद्ध जयन्तीको अवसरमा एमाले अध्यक्ष ओलीको यस्तो छ सन्देश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको उल्लेख गर्नु भएको छ।

बुद्धजयन्तीको अवसरमा आज शुक्रबार शुभकामना सन्देश दिँदै उहाँले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको उल्लेख गर्नु भएको छ।

अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको उहाँको सन्देशमा उल्लेख छ ।

विकासमा लुम्बिनीको विशेष महत्व रहेको भन्दै उनले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको उल्लेख गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *