वर्तमान गठबन्धन देश सिध्याउने यात्रामाः अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति ‘देश बनाउने र सिध्याउने’ दुई ध्रुवमा विभाजित रहेको र देश बनाउने जिम्मा एमालेको काँधमा भएको वताउनुभएको छ ।
नेकपा (एमाले) इलामको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले देश सिध्याउने यात्रामा गठबन्धन सरकार रहेको वताउनुभयो ।
उहाँले समृद्ध नेपाल सुखी नेपाली बनाउने गन्तव्यका साथ एमाले अगाडि बढिरहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले देश दुनियाँ र राज्यको दुरूपयोग गरी एमालेलाई सिध्याउन घेराबन्दी गरे पनि मुलुकको पहिलो लोकप्रिय पार्टी बनेको चर्चा गर्दै प्रतिकूल परिस्थितिमा पनि गत निर्वाचनमा इलामबाट दुबै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाएकोमा धन्यवाद दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *