गृह प्रदेशको भ्रमणमा रहनुभएका एमाले अध्यक्ष ओली आज इलाममा रहनु हुने : यस्ता छन् कार्यक्रमहरु

काठमाडौं ! बुधवारबाट गृह प्रदेशको भ्रमणमा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज इलाम सदरमुकाममा आयोजना हुने एमाले जिल्ला परिषदको बैठकलाई सम्बोधन गर्नु जनाइएको छ।

नेकपा एमाले इलामका अनुसार विहान ११ बजे गौतमबुद्ध सभा हलमा आयोजना हुने कार्यक्रममा दशौं जिल्ला अधिवेशनका प्रतिनिधीहरु,जिल्ला सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरु,पालिका तथा इलाका कमिटीका पदाधिकारीहरु,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु पार्टीका वडा तथा शाखा कमिटीका अध्यक्षहरु सहभागी हुनेछन् ।

एमाले अध्यक्ष ओली ४ दिने गृह प्रदेशको भ्रमणमा बुधवार त्यसतर्फ निस्कनु भएको हो। उहाँले आज साँझ भने पाँचथरको फिदिममा पुगेर बासबस्ने जनाइएको छ। भोलि शुक्रवार पाँचथरका विभिन्न स्थानमा कार्यक्रमहरु रहेको उहाँको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *