एमाले अध्यक्ष ओली आजबाट ४ दिनका लागि गृह प्रदेशमा : यस्ता छन् उहाँका कार्यक्रमहरु

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि आज बुधबार गृह प्रदेश जाँदै हुनुहुन्छ।

बालकोटका अनुसार अध्यक्ष ओली आज बिहान काठमाडौंबाट भद्रपुरका जाने कार्यक्रम छ । झापाको बुद्धशान्ती गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षेत्र कन्याममा बस्नुहुने जनाइएको छ । बिहिवार इलाममा आयोजना हुने जिल्ला परिषद भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहिवार उहाँ पाँचथरको फिदिममा बास बस्नुहुनेछ ।

बैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिका पुग्नुहुनेछ । आठराईमा अध्यक्ष ओलीले सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ । सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरुसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ । तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्नुहुनेछ । १६ गते विबहान फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा बस्नुहुनेछ । दमकमा पार्टीले आयोजना २८ गते देखि आयोजना गरेको केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
बैठक स्थलको निक्र्यौल,नेताहरुको बासस्थानको व्यवस्था,बैठकपछि झापाका विभिन्न राजनीतिक र पर्यटकीय स्थलहरु नेताहरुलाई अवलोकन गराउने ठाउँहरु टुंगो लगाइने थापाले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले विभिन्न कार्यक्रममा उपस्थिति भएपछि १७ गते झापाबाट काठमाडौं फर्कनु हुने जनाइएको छ। बैशाखको अन्तिम साता एमालेले केन्द्रिय कमिटीको बैठकपनि झापामै आयोजना गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *