देश हितका लागि पुरुषोत्तम पौडेललाई जिताऔं: अध्यक्ष ओली

बारा ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दीगाे राजनीति गर्ने पार्टी एमाले मात्रै रहेकाे र एमालेका उम्मेदवार पुरुशोत्तम पौडेललाई सबैले भोट हालेर जिताउनु पर्ने बताउनुभएकाे छ।

बारा निर्वाचन क्षेत्र नम्बर-२ मा आज आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले कांग्रेसकाे सकिएकाे र अरु पार्टीकै खासै अस्तित्व नै नरहेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘काेही घण्टी बजाउने, काेही हर्न बजाउने, काेही छाता ओडेर आउँछन्, छाता ओडेर जान्छन्, दीगाे राजनीति गर्ने नेकपा एमाले हाे । कांग्रेसकाे बारेमा त म केही पनि भन्दिनँ, विचरा उम्मेदवार नै उठाउन सक्ने हैसियत छैन । कांग्रेसका नेताहरुले कांग्रेस त खाइसके, शेरबहादुरजी गठबन्धनका नेतालाई भाेट माग्न…, कांग्रेसकाे के आलाेचना गर्नु विचरा आफैं सिद्धिसक्याे, उम्मेदवार नै छैनन् ।’

एमालेले युवाहरुकाे भविष्यका लागि देश सुन्दर बनाउन चाहेकाे भन्दै अध्यक्ष ओलीले कुनै पनि भ्रममा नपरेर एमालेलाई विजयी बनाउन आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘कुनै पनि भ्रममा नपरेर एमालेलाई विजयी गराउनुस्, एमालेले तपाईहरुका समस्या समाधान गर्न ध्यान दिनेछ, यस देशकाे विकास उनन्ती प्रगति बाहेक एमालेकाे कुनै स्वार्थ छैन, त्यसकारण हामीले समृद्ध नेपाल सुखी नेपाली भनेका छाैं, त्यसका लागि बलियाे राष्ट्रिय शक्ति आवश्यक छ ।’

अध्यक्ष ओलीले एमाले बाहेक अरुले प्रजातन्त्रकाे रक्षा गर्न नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘डेमाेक्रेसीकाे रक्षा गर्छ, डेमाेक्रेसी एमालेले अघि बढाउँछ, डेमाेक्रेसीका लागि एमालेले बलिदान गरेर आएकाे छ, डेमाेक्रेसीका लागि म १४ वर्ष जेल बसेकाे छु, ६ वर्ष म भूमिगत बसेकाे छु, ईश्वर पाेखरेल यहाँ हुनुहुन्छ १४ वर्ष भूमिगत बस्नुभएकाे छ, याे कठाेर कुरा हाे, अरु धेरै साथीहरु डेमाेक्रेसीका लागि काम गर्नुभएकाे छ ।’

डेमाेक्रेसी बाहेक एमालेकाे अरु कुनै उद्देश्य नभएकाे भन्दै अध्यक्ष ओलीले जनता, विकास र सुशासनका लागि एमालेले डेमाेक्रेसीकाे रक्षा गर्दै अघि बढ्ने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *