चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज बारा जानू हुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा जाँदैहुनुहुन्छ । बाराको पचरौतामा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

अध्यक्ष ओली दिउँसो १२ बजे सिमरा बिमानस्थल पुग्नु हुने जनाइएको छ । बारा २ बाट नेकपा एमालेका पुरुषोत्तम पौडेल उम्मेद्वार हुनुहुन्छ । चुनावी प्रचारको लागि आज अन्तिम दिन रहेको अध्यक्ष ओली आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्न बारा जान लाग्नु भएको हो। अस्वस्थताका कारण चितवन-२ र तनहुँ -१ मा भने उहाँ जान सक्नु भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *