टीआरसी विधेयक फास्ट ट्र्याकमा टुंग्याउन सकिदैंन : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) समितिमा नगइकन नटुंगिने स्पष्ट पार्नुभएको छ।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

उहाँले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको पनि बताउनु भयो । अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको उहाँले बताउनु भयो ।

शनिबारको उक्त छलफल सभामुख घिमिरेको पहलमा जुटेको थियो। उक्त छलफल निष्कर्षविहिन सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *