काङ्ग्रेस महाधिवेशनमा सबैभन्दा रुचाइएका अतिथि अध्यक्ष ओली : नेता देखि कार्यकर्ताको नजर र हुटिङ्ग उहाँमाथि

काठमाडौं ! काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ।आज दिउँसोबाट उद्घाटन सत्रबाट सुरु भएको महाधिवेशनमा देशका विभिन्न राजनैतिक दल लगायत विदेशस्थित राजनैतिक दलका नेताहरुको पनि महाधिवेशनमा अतिथिको रुपमा उपस्थिति थियो।

महाधिवेशनमा सबै दलका नेताहरु आइसक्दा एमाले अध्यक्ष ओली भने अरुभन्दा अलि पछि पुग्नुभएको थियो। प्रमुख प्रतिपक्षी दलको नेता एवं अहिले सबैभन्दा लोकप्रीय नेता भएकोले काङ्ग्रेसका नेता कार्यकर्ताहरु उहाँको वेग्र प्रतिक्षामा थिए। जब अध्यक्ष ओली आउनु भयो तब महाधिवेशन स्थलमा रहेका नेता कार्यकर्ताको हुटिङ चल्यो।अध्यक्ष ओली मन्चमा उक्लिदा लाग्दैथियो उहाँ नै सबैको नेता हुनुहुन्छ,एकातिर सबैको नजर उहाँमाथि र कार्यकर्ताको बेजोड हुटिङ्ग सहितको स्वागतले उहाँलाई अभिनन्दन गरिरहेका थिए।

मंचमा अध्यक्ष ओली आएपछी प्रधानमन्त्री एवं काङ्ग्रेस सभापती र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो आसनबाट उठेर उहाँलाई स्वागत गर्नुभएको थियो र कार्यक्रम संचालक प्रवक्ता विश्वप्रकाश शर्माले उहाँलाई विजोड तवरले आसन ग्रहणका लागि अनुरोध गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *