अध्यक्ष ओलीले लिङदेनलाई भन्नुभयो– भर्खर जन्मिएको बाच्छो हिँड्न जान्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भर्खर जन्मिएको बाच्छो हुँदा हिड्न नजानेको टिप्पणी गर्नुभएको छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तब्य राख्ने क्रममा ओलीले लिङ्देनको अभिब्यक्तिलाई प्रतिवाद गर्दै कडा जवाफ दिनु भएको छ । ओलीले भर्खर भर्खर अध्यक्ष जितेको भएर लिङदेनले बोल्न नजानेको बताउनु भयो । ‘उहाँले विस्तार सिक्दै जानु होला । भर्खर भर्खर हिडेको बाछो रापतापमा हुन्छ । भर्खर भर्खर सभापतिमा छानिएको छ । अलि समयपछि ठिक ठाउँमा आउँला भन्ने लागेको छ । ’ अध्यक्ष ओलीले भन्नूभयो ।

लिङ्देनले गणतन्त्रका सम्मानित नेताहरुको मानमर्दन हुने खालको विवादित भाषण गरेपछि प्रचण्डले पनि उनको प्रतिवाद गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *